काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला गरेको छ ।
जसमा आन्तरिक तर्फ २ जना, खुला तर्फ १ जना र दलित १ गरी कुल ४ पदको लागी आवेदन खुला भएको न्याय परिषदले जनाएको छ।
नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीश पदमा पदपूर्तिका लागि आयोगले आवेदन आह्वान गरेको हो ।
प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार









