
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
काठमाडौं। बडादसैँको सातौँ दिन शनिबार (असोज ३१) गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौंस्थित हनुमानढोका दरबारमा पठाइएको छ।
यो निकै समयदेखीको परम्परा हो। शुभसाइत अनुसार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको हो।
गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोकामा हर्षबढाइँसहित भित्र्याउने परम्परा छ । गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौं पठाइएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए ।
ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौंबाट राजकाज सुरु गरेपछि गोरखाबाट हरेक वर्ष फूलपाती पठाउने परम्परा चल्दै आएको हो ।
प्रकाशित मिति : २०८३ कात्तिक १ गते शनिबार









