२०८३ कात्तिक ५ , बुधबार

एक सय ३६ किलो गाँजा सहित एक जना पक्राउ



तस्विरः AI बाट निर्मित

चितवन । चितवन भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो ५ सय ग्राम सहित एकजना व्यक्ति पक्राउ परेका छन्।

मकवानपुर भीमफेदी गाउँपालिका-४ पान्द्राङ बस्ने २७ वर्षीय रन्जित सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले काठमाडौंबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रन्जितलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार
प्रतिक्रिया दिनुहोस्