२०८२ माघ १७ , शनिबार

को हुन् अध्यक्ष र महासचिवका उम्मेदवार विजय मिश्र र केदार कोइराला?



चैत्र २१, काठमाडौं।नेपाल बार एशोसियनको २७ औं केन्द्रिय कार्यसमितिको निर्वाचनको प्रचारप्रसार चलिरहेको छ।  यस पटक वरिष्ठ अधिवक्ता प्रा.डा विजय कुमार मिश्रको नेतृत्वको वृहत लोकतान्त्रिक, प्रगतिशिल, पेशागत, राष्ट्रवादी एवं समाबेशी कानूनव्यवसायी समुह र वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठको नेतृत्वको व्यावसायिक कानून व्यवसायी समुह लगायत स्वतन्त्र उम्मेदवारहरु कानून व्यवासायीहरु माझ मतदान गर्न देश दौडाह सकेर काठमाण्डौं केन्द्रित भएका छन्। प्रा.डा मिश्र  डिएलएको तर्फबाट उम्मेदावर रहेका छन्। यसैगरी यही समुहका महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराल पिपिएलए को नेतृत्व गर्दै यस समुहबाट चुनावी मैदानमा छन्।

को हुन् अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा. डा. विजय प्रसाद मिश्र?

वरिष्ठ अधिवक्ता प्रा. डा. विजय प्रसाद मिश्रको काठमाण्डौंमा जन्म भएको हो । हाल उनी भक्तपुरमा बस्छन् । वि.स. २०४५ सालदेखि कानून व्यवसायमा सक्रिय मिश्रले नेपालको कानून व्यवसाय शीर्षकमा त्रि.वि.बाट विद्यावारिधि (PHD) उपाधि हासिल गरेका छन् । हाल वरिष्ठ अधिवक्ता र कानून प्राध्यापकका रुपमा सक्रिय मिश्र २०४९–५१ को अवधिमा सचिव र २०५१–५३ को कार्यावधिमा अध्यक्षको रुपमा काठमाण्डौं जिल्ला अदालत बारमा सक्रिय रहे ।

२०५७–२०६० मा नेबाए केन्द्रिय सदस्यका रुपमा निर्वाचित मिश्रले २०६६–२०६९ को अवधिमा नेबाएको महासचिवमा निर्वाचित भई काम गरेको अनुभव छ । हाल मिश्र नेबाएको IBA काउन्सिलरमा छन् । नेपाल बारको प्रतिनिधित्व गर्दै अष्टेलिया, जर्मनी, स्पेन र भारतका फोरमहरुमा कार्यपत्र प्रस्तुत गरी सहभागी जनाएका मिश्रले सन् २००५ मा संयुक्त राज्य अमेरिकामा कानून सम्बन्धी ५ हप्ते तालिम समेत हासिल गरेका छन् ।

नेबाएलाई भ्रष्टाचार विरुद्ध सशक्त रुपमा उभ्याउनु पर्ने, शीघ्र लयर्स एकेडेमीको स्थापना गरी तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने, नेपाल बार काउन्सिलको कार्यक्रमहरु कानून व्यवसायी केन्द्रित हुनुपर्ने, नेबाएको अन्तराष्ट्रिय सम्बन्ध थप मजबुत तुल्याउन पर्ने र विशेष गरी युवा तथा कानून व्यवसायी, महिला कानून व्यवसायीको हकहितमा तुरुन्तै कदम चाल्नुपर्ने कुरामा मिश्र विश्वास राख्दछन्।

को हुन्  महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला?

काभ्रेपलान्चोव्क जिल्ला निवासी सर्वोच्च अदालत बार एसोसिएसन आवद्ध वरिस्ट अधिवक्ता केदार प्रसाद कोइराला बिगत तीस वर्ष देखि कानून व्यबसायमा निरन्तर क्रियासिल छन्।

बाणिज्य कानुनमा स्नातकोत्तर गरेका कोइराला तत्कालिन पुनरावेदन अदालत पाटनको कार्यसमितिमा सदस्य र कोषाध्यक्षमा जिम्मेवारी निर्वाहगरि ने.बा.ए को केन्द्रिय कार्य समितिको सदस्य भई सचिवालय सदस्यको भुमीकामा समेत काम गरेका छन्। तिन वर्ष अघिको ने.बा.ए केन्द्रिय कार्य समितिको निर्वाचनमा महासचिबको प्रत्यासी भएका कोइरालाले ने.बा.ए को बिभिन्न बिषयगत समितिमा बसी योगदान गरेका छन्।

ने.बा.ए को बिगतका दुइ ओटा राष्ट्रिय सम्मेलनको घोषणा पत्र मस्यौदा समितिको सदस्यको रुपमा समेत कार्य गरेको अनुभव छ। बाणिज्य कानुनका अतिरिक्त मानव अधिकार, फौजदारी न्याय र संबैधानिक कानुनमा रुचि राख्ने कोइराला नेपाल बार काउन्सिलको बिषय विज्ञ प्रशिक्ष्यकको रुपमा समेत सुचिकृत छन्। वैकल्पिक विवाद समाधानका मेलमिलाप र मध्यस्थता जस्ता बिषयमा समेत कोइराला कृयासिल छन्।

न्यायालय सुधारमा यस समुहको के-के छन्  प्रतिवद्धता?

कुन पदमा को-को छन् उम्मेदवारहरु?

 

प्रकाशित मिति : २०८१ चैत २१ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्