२०८३ कात्तिक ५ , बुधबार

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी



काठमाडौं। राष्‍ट्रपति रामचन्द्र पौडेलले दुइवटा अध्यादेश जारी गरेका छन्।

 राष्‍ट्रपति पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

प्रकाशित मिति : २०८३ असोज २७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्