२०८३ साउन १२ , मंगलबार

आ.व ०८२-०८३ मा सवै अदालतका ५५ प्रतिशत मुद्दा फछ्यौट (विवरण सहित)



३ साउन। आर्थिक वर्ष २०८२।०८३ मा ५५.०३ प्रतिशत मुद्दा तथा रिट फछ्यौट भएको सर्वोच्च अदालतले जनाएको छ।

सर्वोच्च अदालत, उच्च अदालत तथा इजलास, जिल्ला अदालत एवम् विशिष्टिकृत अदालत र न्यायाधिकरणहरुमा गत वर्षको जिम्मेवारी सरेको तथा नयाँ दर्ता गरी मुद्दा तथा रिटको जम्मा लगत ३,५७,०२३ रहेकोमा १,९६,४७४ थान अर्थात ५५.०३ प्रतिशत मुद्दा तथा रिट फछ्यौट भएको सर्वोच्चले जनाएको छ।

सर्वोच्च अदालतमा ३८,९३६ मुद्दा तथा रिटको लगत रहेकोमा ११,४६९ थान फछयौट भएको छ। जुन कुल लगतको २९.४६ प्रतिशत हो। यसैगरी उच्च अदालत तथा इजलासहरुमा ६०, ५६४ लगत मध्ये ४२,६१४ थान अर्थात ७०.३६ प्रतिशत फछयौट भएको छ।

जिल्ला अदालतहरुमा २,५१,७३४ लगत रहेकोमा १,३९,९७९ थान अर्थात ५५.६१ प्रतिशत मुद्दा फछयौट गरिएको सर्वोच्चले जनाएको छ।

यसैगरी विशिष्टिकृत अदालत तथा न्यायाधिकरणहरुमा जम्मा लगत ५,७८९ रहेकोमा २,४१२ धान अर्थात ४१.६७ प्रतिशत फर्छयौट भएको छ।

विस्तृतमाः

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार
प्रतिक्रिया दिनुहोस्