२०८३ कात्तिक ५ , बुधबार

बुढीगण्डकीमा लेदोसहितको बाढी : ४७ जनाको उद्धार



तस्विरः NDRRMA

काठमाडौं। बुढीगण्डकी नदीमा आज बिहान गएको लेदोसहितको बाढीले ठुलो भौतिक क्षेती गरेको तर मानविय क्षती नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

आइतबार दिउँसो १ बजेसम्मको प्रतिकार्य र क्षतिको अवस्थाबारे जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले हालसम्म मानवीय क्षति नभएको बताएका छन्।

उनका अनुसार दिउँसो १ बजेसम्म बाढी प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार गरिएको छ।

उप्रेतीका अनुसार बाढीका कारण भौतिक क्षति भने धेरै भएको छ।

जोखिमयुक्त क्षेत्रमा एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरिएको र उद्धार तथा प्रतिकार्यका लागि सबै सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार
प्रतिक्रिया दिनुहोस्