७ भदौ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही नियुक्त भएको करिव एक महिना पुग्नैलाग्दा समेत मन्त्रीमण्डललाइ पुर्णता दिन सकेका छैनन्। मन्त्रीपरिषद्मा शाही सहित अन्य तीन जना मात्र मन्त्री रहेका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्रबाट तीन जना मन्त्री छान्न उनलाइ सकस परेको छ। साउन १२ गते मुख्यमन्त्रीको रुपमा नियुक्त भएका शाहीले हालसम्म आफ्नै दलभित्र मन्त्री छनोट गर्न नसकेको भन्दै पार्टी भित्र र बाहिर उनको क्षमतामाथि प्रश्न उठेको छ।
एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय परेको छ। सत्ताको नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय भाग पाएको छ।
भदौ ३ गते शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। एमालेको तर्फबाट टेकराज पछाई, जितबहादुर मल्ल र कलबहादुर हमाल सरकारमा सहभागी छन्।
यो विचमा उनी बधाइ तथा शुभकामना थाप्नमा व्यस्त छन्। मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा नीतिगत निर्णय गर्न अवरोध भएको छ। साथै सरकारको कामले गति लिन नसकेको नागरिकहरुको गुनासो छ।








