२०८३ साउन १२ , मंगलबार

एमाले र नेकपाबिच ३ बुँदे सहमति, प्रदेशको नेतृत्वमा भागबण्डा



९ साउन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ।

शनिबार भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।

दुइ पार्टीबिच भएको सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ। यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ।

सहमति अनुसार मधेस र गण्डकी प्रदेशमा भने अरू दलसँग सहकार्य गर्ने उक्त सहमतिमा उल्लेख।

यस्तो छ सहमतीः

 

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार
प्रतिक्रिया दिनुहोस्