२०८३ भदौ १९ , शुक्रबार

कर्णाली प्रदेश सरकार विस्तार, तीन मन्त्रीले लिए शपथ



३ भदौ। कर्णाली प्रदेश सरकार विस्तार भएको छ। नेकपा एमालेको तर्फबाट सहभागी तीन जनाले बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सत्तारुढ दल एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बीच मन्त्रालयका बारे सहमती भएपछी कर्णालीको मन्त्रिपरिषद् बिस्तार भएको हो।

एमालेको तर्फबाट प्रदेश सरकारमा नेतृत्व गर्दै टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । यसैगरी जितबहादुर मल्लले सामाजिक विकास मन्त्रालय र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपाले भने मन्त्रीको अझै टुङ्गो लगाएको छैन।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार
प्रतिक्रिया दिनुहोस्