काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महाशभामा भोटेकोसी बाढीका कारण १४ सय धेरैले ज्यान गुमाएको र ६६ सय बढी वेपत्ता भएको विषय उठाएका छन् ।
उनले आफूले संयुक्त राष्ट्रसंघको मञ्चबाट भने ‘चार हप्ताअघि विश्वले बाढीले नेपालमा निम्त्याएको विध्वंश देख्यो । धेरैले यसलाई हिमालय सुनामी भने । भोटेकोसी यो विपद् एक वियोगान्त घटना मात्रै होइन । यो बाढी विश्वकै लागि चेतावनी हो । म आज सोध्न चाहान्छु- के तपाईंहरूले त्यो चेतावनी सुन्नुभयो ‘?
प्रधानमन्त्री बालेनले संवोधनमा जलवायु परिवर्तनले सीमा चिन्दैन र यो राहादानी बोकेर अनुमतिका लागि आउँदैन भनी अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गरे। उनले भने ‘म यहाँ गुनासो गर्न आएको होइन । म यहाँ केही सुझावसहित आएको छु ‘।
प्रधानमन्त्री बालेनले कार्बन उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम रहेको उल्लेख गरेका छन्। शाहले भने ‘जलवायु परिवर्तनको मार नेपालले खेपिरहेको छ र जलवायु संकटका लागि हामी जिम्मेवार छैनौँ, तर त्यसको मूल्य हामीले चुकाइरहेका छौँ ‘।
शाहले भने ‘हाम्रा ग्लेसियर पग्लिएका छन् । हिमाल पग्लिएका छन् । नदीको अवस्था पूर्वानुमानका लागि कठिन छ । हरेक विपत्तिले वर्षौंका विकासलाई विनास गरेको छ । विपद्ले मानिसहरूको ज्यान लिएको छ । पूर्वाधार बगाएको छ । सँगसँगै स्वच्छ ऊर्जाका केन्द्रलाई ध्वस्त बनाएको छ । यसले गरिब राष्ट्र नेपाललाई पुनर्निर्माणका लागि सहयोग माग्न विवश बनाएको छ ‘।









