२०८३ भदौ २६ , शुक्रबार

बाढीमा परी मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो, वेपत्ताको संख्या बढ्दै



Photo: NDRRMA

२२ भदौ। भदौ १० गते रसुवा भोटेकोसी बाढीमा परि मृत्यु हुनेको संख्या एक हजार ३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार विहान ११ बजे सूचना जारी गरी जानकारी दिएको हो।

प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेको संख्या चार हजार ९ साय ९६ पुगेको छ।

हालसम्म छ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परिचालन हुनेमा सात हजार ९१२ प्रहरी, नौ हजार २८७ नेपाली सेना र चार हजार २०३ सशस्त्र प्रहरी छन् ।

विभिन्न जिल्लामा राखिएको होल्डिङ सेन्टरमा तीन हजार ५३३ जना  रहेका छन् । हाल नेपाल टेलिकमको १२० टावर मध्ये ११७ संचालन आएको जनाएको छ। यसैगरी ७८ वटा एनसेलको टावरमध्ये ७६ वटा संचालनमा आएको छन्।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार
प्रतिक्रिया दिनुहोस्