२०८३ भदौ १९ , शुक्रबार

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १२ सय ५२ पुग्यो, ४२ सय १६ वेपत्ता



Photo: NDRRMA

१८ भदौं, काठमाडौं। भदौ १० गते रसुवा भोटेकोसी बाढीमा परि मृत्यु हुनेको संख्या एक हजार २५२ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विहीबार सूचना जारी गरी जानकारी दिएको हो।

प्राधिकरणका अनुसार रसुवामा १२७, तनहुँमा ३८, नुवाकोटमा १७७, नवलपरासीमा (पूर्व)मा २१८, धादिङमा ६०, नवरपरासी (पश्चिम)मा २०८, गोरखामा ६९ र चितवनमा ३५५ जनाको शव तथा मानव अंग भेटिएको छ। बाढी प्रभावित क्षेत्रमा करिब चार हजार २१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ।

सम्पर्कविहीन हुनेमा ४५ जना सेना, २५ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी, १४ जना भन्सार कार्यालयका कर्मचारी, तीनजना अध्यागमन कार्यालयका कर्मचारी, रसुवाका ८६५, नुवाकोटका एक हजार ५५८, विदेशी नागरिक ५८३, विदेशी पर्यटकसँगै गएका नेपाली १६४, जलविद्युत् आयोजनाका ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टाइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा अन्तर्गतका कर्मचारी ३२ र निजी विद्यालयका शिक्षक एकजना छन् ।

हालसम्म पाँच हजार १३५ जना घाइतेको उपचार गरिएको छ । बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परिचालन हुनेमा सात हजार ९१२ प्रहरी, नौ हजार २८७ नेपाली सेना र चार हजार २०३ सशस्त्र प्रहरी छन् ।

विभिन्न जिल्लामा राखिएको होल्डिङ सेन्टरमा तीन हजार ९४८ जना  रहेका छन् । हाल नेपाल टेलिकमको ११० टावरमा क्षती पुगेकोमा हाल सवै संचालन आएको जनाएको छ। यसैगरी ७८ वटा एनसेलको टावरमध्ये ७५ वटा संचालनमा आएको छन्।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्