चैत्र २८, सुर्खेत। नेपाल कानून व्यवसायी परिषद् कर्णाली प्रदेशको सम्पर्क कार्यालयको बारमा स्थानान्तरण पश्चात हस्तान्तरण भएको छ। परिषद्का अध्यक्ष एवम् महान्यायाधीवक्ता रमेश बडालबाट सो स्थानान्तरण भएको कार्यालयको उद्घाटन भएको हो।
दुइ वर्ष अघि स्थापना भएको परिषद्को कार्यालय सुर्खेत बार एशोसिएशनको भवनमा परिषद्को सम्पर्क कार्यालय स्थानान्तरण भएको परिषद् सदस्य अधिवक्ता मातृका प्रसाद खनालले जानकारी दिए।
सो क्रममा फौजदारी न्याय प्रणाली, फौजदारी मुद्दामा मिलापत्र लगायत समसामयिक विषयमा छलफल भएको थियो। कार्यक्रममा महान्यायाधिवक्ता बडालले फौजदारी कानूनका केही विषयहरुमा संशोधन आवश्यक भएकोले छिट्टै संशोधन हुने गरी विधेयक पेश भएको बताए।
कार्यक्रममा मुख्यन्यायाधीवक्ता वरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमाल, नेबाएका उपाध्यक्ष अधिवक्ता उत्तम प्रसाद आचार्य, नेबाएका पुर्व उपाध्यक्ष लगायत कानून व्यवसायीहरुको उपस्थिती रहेको थियो। कार्यक्रम महान्यायाधिवक्ता बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।







