२०८३ कात्तिक ६ , बिहीबार

बडादसैँको टीका लगाउने क्रम जारी



काठमाडौँ। विजयादशमीको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ।

आज दोस्रो दिन घरपरिवारमा टीका लगाएका सर्वसाधारण आज टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने गरिरहेका छन्।

नेपालका अधिकांश स्थानमा विजयादशमीदेखि सुरु भएको टीका लगाउने परम्परा कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ।

मान्यजन टाढा रहेका व्यक्तिहरूले आफ्नो अनुकूलताअनुसार यस अवधिसम्म टीका लगाएर आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिने टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाउन सकिन्छ।

प्रकाशित मिति : २०८३ कात्तिक ६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्