२०८३ कात्तिक १० , सोमबार

बडादशैंको चौथो दिन मान्यजनबाट टीका लगाइदै



काठमाडौं ।बडादशैं अर्थात विजयादशमीको टीकाको चौथो दिनमा पनि मान्यजनबाट पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ ।

आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइँदै छ ।

बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजया दशमी रहेको थियो । त्यसैले विजया दशमीको दिन टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर टीका थापिरहेका छन् ।

बडादसैँको टीकाको मुख्य दिन कार्तिक ४ गते भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ८ गते शनिबार
प्रतिक्रिया दिनुहोस्