चैत्र २८,काठमाडौं। नेपाल बार एशोसिएशनको २७ औं केन्द्रिय कार्यसमितिको निर्वाचनको मतगणना सम्पन्न भएको छ। सोमबारदेखी चलेको मतगणना बिहीबार सकिएको हो । बिहिबार ललितपुर जिल्ला बारको मतगणना सकिएसंगै सम्पुर्ण मतगणना कार्य सकिएको निर्वाचन समितिले जनाएको छ।
३६ वटा मतकेन्द्रहरुमा कुल ९ हजार ९ सय ९७ मतदाता मध्ये कुल ७ हजार ९ साय ९५ मत खसेको थियो ।
मतपरिणाम सार्वजनिक हुँदा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता डा विजय प्रसाद मिश्रले ५ हजार ५२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धि वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले २ हजार ६ सय २१ मत प्राप्त गरेका हुन् ।
यसैगरी महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले ४ हजार ८ सय ७४ कुल मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धि अधिवक्ता यज्ञमणी न्यौपानेले २ हजार ३ सय ६७ मत प्राप्त गरेका छन् ।
ललितपुर बारको कुल ५६० मतमा अध्यक्षका उम्मेदवार मिश्रले १६० र श्रेष्ठले ३९२ मत प्राप्त गरेका छन् । यसैगरी महासचिवका उम्मेदवार कोइरालाले १७० मत प्राप्त गरेका छन् भने न्यौपानेले ३३८ मत प्राप्त गरेका हुन् ।
विजयी हुनेहरुमा उपाध्यक्षहरु कोषी प्रदेशमा अधिवक्ता पदम प्रसाद लिम्बु, मधेशमा अधिवक्ता अजय शंकर झा, बाग्मतीमा अधिवक्ता तेज बहादुर रावल, गण्डकीमा अधिवक्ता भुपेन्द्र खनाल, लुम्विनीमा अधिवक्ता कृष्ण प्रसाद पोखरेल, कर्णालीमा अधिवक्ता बिवस कुमार बस्तेत, सुदुरपश्चिममा अधिवक्ता शिद्ध राज ओझा र महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ निर्वाचित भएका हुन् । यसैगरी कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगत बहादुर कार्की निर्वाचित भएका छन् ।
विभिन्न कलस्टरको सदस्यहरु अधिवक्ता चिरञ्जिवी तिलक्यानी, अधिवक्ता सुर्य कुमार यादव, अधिवक्ता रिंकु कुमारी यादव, वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता मंगल सुन्दर शिल्पकार निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा अधिवक्ता इन्दिरा आचार्य, अधिवक्ता रंजिता कार्की, अधिवक्ता किरण पौडेल, अधिवक्ता किरण न्यौपाने, अधिवक्ता शारदा गुरुङ, अधिवक्ता दमन बहादुर चन्द, अधिवक्ता बाबुराम अर्याल, अधिवक्ता डा मुकुन्द अधिकारी र अधिवक्ता माधव मैनाली निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
अन्तिम मतपरिणामः









