चैत्र २७,काठमाडौं। नेपाल बार एशोसिएशनको २७ औं केन्द्रिय कार्यसमितिको निर्वाचनको मतगणना कार्य चलिरहेको छ। सोमबारदेखी चलिरहेको मतगणनामा ललितपुर जिल्ला बारको मात्र मतगणना हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
३६ वटा मतकेन्द्रहरु मध्ये ३५ वटा मतदान केन्द्रको मतपरिणाम सार्वजनिक हुँदा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता डा विजय प्रसाद मिश्रले प्रतिस्पर्धि वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठलाइ दुइ हजार ६ सय ६३ मतले पछाडी पारेका छन्।
यसैगरी महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले आफ्ना प्रतिस्पर्धि अधिवक्ता यज्ञमणी न्यौपानेलाइ दुइ हजार ६ सय ७५ मतले पछिपार्दै दोब्बर भन्दा धेरै मतले अग्रता लिएका हुन् ।
अध्यक्षका उम्मेदवार मिश्रले हालसम्म चार हजार ८ सय ९२ मत प्राप्त गरेका छन् भने श्रेष्ठले दुइ हजार २ सय २९ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
यसैगरी महासचिवका उम्मेदवार कोइरालाले चार हजार ७ साय ४ मत पाउँदा न्यौपानेले दुइ हजार २९ मत प्राप्त गरेका छन्। मिश्र प्यानलले करिव दोब्बर भन्दा धेरै मत प्राप्त गरेको छन्।
ललितपुर बारको कुल खसेको ५६० मत गणना संगै अन्तिम नतिजा आउने बताइएको छ। हालसम्म मिश्र र कोइरालाले नेतृत्व गरेको सम्पूर्ण प्यानल अगाडी छ।
सम्पुर्ण उम्मेदवारको ताजा मतपरिणामः









