२०८३ साउन १५ , शुक्रबार

काठमाडौं जिल्ला बारको मतगणना सकिदा मिश्र २२८७ मतले अगाडी



चैत्र २७,काठमाडौं। नेपाल बार एशोसिएशनको २७ औं केन्द्रिय कार्यसमितिको निर्वाचनको लागी काठमाडौं जिल्ला बारको मतगणना सकिदा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता डा बिजय प्रसाद मिश्र अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ भन्दा दुई हजार २ सय ८७ मतले अगाडी छन् ।

मिश्रले हालसम्म कुल ३ हजार ९ सय ६४ मत प्राप्त गर्दा अर्का अध्यक्षका उम्मेदवार श्रेष्ठले १ हजार ६ सय ७७ मत प्राप्त गरेका छन्।

काठमाडौं जिल्ला बारको १३८१ मतगणना हुदा मिश्रले १०८२ मत प्राप्त गरेका छन् भने श्रेष्ठले २५१ मत प्राप्त गरेका छन्।

यसैगरी महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले तिन हजार ७ सात ३९ मत प्राप्त गर्दै अगाडी छन् भने अर्का उम्मेदवार अधिवक्ता यज्ञमणी न्यौपानेले एक हजार ५ सय ७१ मत प्राप्त गरेका छन्। यस्तै महासचिवका अर्का उम्मेदवार अधिवक्ता हरि शरण कार्कीले १६१ मत प्राप्त गरेका छन्।

हालसम्म मिश्र र कोइरालाले नेतृत्व गरेको सम्पूर्ण प्यानल अगाडी छ।

सम्पुर्ण उम्मेदवारको ताजा मतपरिणामः

 

प्रकाशित मिति : २०८१ चैत २७ गते बुधबार
प्रतिक्रिया दिनुहोस्