चैत्र २५,काठमाडौं। नेपाल बार एशोसिएशनको २७ औं केन्द्रिय कार्यसमितिको निर्वाचनको लागी मतगणना चलिरहेको छ। सोमबार बिहान १२ बजेदेखि शुरु भएको मतगणनामा विभिन्न तेह्र बार इकाइहरुको मतगणना सकिएको निर्वाचन समितिले जनाएको छ।
हालसम्मको मतपरिणाम अनुसार अध्यक्षक उम्मेदवार वरिष्ठ अधिवक्ता डा विजय प्रसाद मिश्रले अग्रता लिएका छन् । कुल १ हजार १ सय ६० मत गणना हुँदा मिश्रले ७०७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। यसैगरी अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले ४३४ मत प्राप्त गरेका छन्।
मिश्र समुहका महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केेदार प्रसाद कोइरालले ७१२ मत प्राप्त गरेका छन्। यसैगरी श्रेष्ठ समुहका महासचिवका उम्मेदवार अधिवक्ता यज्ञमणि न्यौपानेले ३७५ प्राप्त गरेका छन्।
शुरुवाती मतगणनामा मिश्र प्यानलले अग्रता लिएको छ। बाँकी मतगणना मंगलबार विहान ८ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ।
आजको मतगणनाको परिणामः








