२०८३ भदौ २९ , सोमबार

नेपाल बारको मतगणना १२ बजेदेखि शुरु हुने



चैत्र २५,काठमाडौं। नेपाल बार एशोसिएशनको २७ औं केन्द्रिय कार्यसमितिको निर्वाचनको लागी मतगणना आजदेखी हुने बताईएको छ । २५ सदस्यीय कार्यसमितिको लागी देशभरका ३६ मतदान केन्द्रमा मतदान भई मतपेटिका समेत आईसकेको र आज १२ बजेदेखि मतगणना हुने निर्वाचन समितिका सदस्य अधिवक्ता सेवन्तराज निरौलाले बताए। अहिले निर्वाचन समिति र अध्यक्षका उम्मेदवार बीच बैठक भईरहेको छ।

बारका अध्यक्षका लागि प्यानल बनाई दुई वरिष्ठ अधिवक्ता प्रतिस्पर्धामा छन् । डिएलए र पिपिएलएले गठनबन्धन गरेका थिए । जसबाट डा. विजय मिश्र अध्यक्षमा र वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले महासचिवमा उम्मेदवारी दिएका थिए ।

यसैगरी, आरपिएलएबाट नेतृत्व वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले गरेकोमा उनको प्यानलबाट महासचिवका लागि स्वतन्त्र कानून व्यवसायी संगठनबाट अधिवक्ता यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा अन्य तीन अधिवक्ताले पनि उम्मेदवारी दिएका छन् ।

अहिले तीन स्थानमा मतगणना र पछि सात स्थान बाट गणना हुने गरि निर्णय भएको अध्यक्षका उम्मेदवार अधिवक्ता आशिष पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २०८१ चैत २५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्