चैत्र २३, काठमाडौं। नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा पृतिशोक परेका अधिवक्ता देविराम उपाध्यायले ११ औं दिनमा सर्वोच्च अदालत परिसरमा उपस्थित भएर मतदान गरेका छन्।
अधिवक्ता उपाध्यायका पिता लालमणी उपाध्याय पण्डितकाे ७६ बर्षकाे उमेरमा चैत्र १३ गते विहान ०२:०० वजे निधन भएको थियो। उपाध्याय काठमाडौं जिल्ला अदालत बारमा आवद्ध छन्।
काठमाडौं जिल्ला अदालत बारका उपाध्यक्ष अधिवक्ता पुरुषोत्तम अधिकारीले बार निर्वाचनलाइ महत्व दिएर अधिवक्ता देविराम उपाध्याय आउनुले यसप्रतिको महत्व दर्शाउने बताए। उपाध्यक्ष अधिकारीले भने “देविराम हाम्रो बारको सदस्य हुनुहुन्छ, उहाँ मीन भवन स्थित मिनभवन सेवा सदनको किरियापुत्री घरबाट आफ्नो पारिवारिक दुःखमा समेत बारको निर्वाचनमा मत दिन आउनुले निर्वाचनप्रति कानून व्यवसायी कति जिम्मेवार छन् भन्ने कुरा देखिन्छ”।









