चैत्र २३,काठमाडौं। नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि जारी मतदानमा हालसम्म काठमाडौँमा ४३०० भन्दा धेरै मत खसेको छ।
बिहान ८ बजेदेखि सुरु मतदानमा दिउँसो ३ बजेसम्म उक्त मत खसेको निर्वाचन अधिकृत अधिवक्ता सेमन्तराज निरौलाले बताए । बार निर्वाचन समितिका अनुसार काठमाडौँ उपत्यकामा ६ हजार ४९७ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत २३ गते शनिबार








