२०८३ भदौ २९ , सोमबार

नेपाल बारको केन्द्रिय कार्यसमितिको लागी मतदान शुरु



चैत्र २३,काठमाडौं। नेपाल बार एशोसिएशनको २७ औं केन्द्रिय कार्यसमितिको निर्वाचनको लागी मतदान शुरु भएको छ। २५ सदस्यीय कार्यसमितिको लागी देशभरका ३६ मतदान केन्द्रमा मतदान भईरहेको निर्वाचन समितिले जनाएको छ।

कुल ९ हजार ९ सय ९७ मतदाताहरुले बारको नयाँ केन्द्रिय कार्यसमिति चयनको लागी मतदान गर्दैछन्।
यसपटकको निर्वाचनमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) र डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बिच गठबन्धन भएको छ । यसलाइ एनडिएलएले समर्थन गरेको छ।सो समूहबाट अध्ययको नेतृत्व डीएलएबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले गरेका छन् भने पीपीएलएका वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला महासचिवका उम्मेदवार छन् ।
यसैगरी गणतान्त्रिक कानुन व्यवसायी सङ्गठन (आरपीएलए), स्वतन्त्र कानून व्यवासायी संगठन र एसपीएलए मिलेर आरपीएलएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार छन् भने स्वतन्त्र कानून व्यवासायी संगठन बाट अधिवक्ता यज्ञमणि न्यौपाने महासचिवका उम्मेदवार छन् ।
यसैगरी अध्यक्षमा स्वतन्त्र रुपमा अधिवक्ताहरु राजु कैति, उज्ज्वल घिमिरे र आशिस पौडेल उम्मेदवारी दिएका छन्।
यसैगरी महासचिवमा अधिवक्ता हरिशरण कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र सदस्यहरुमा महिला तर्फ अधिवक्ता मन्दिरा अधिकारी र खुला सदस्य तर्फ अधिवक्ता शिवलाल दहाल रहेका छन् ।

 

प्रकाशित मिति : २०८१ चैत २३ गते शनिबार
प्रतिक्रिया दिनुहोस्