चैत्र २२, काठमाडौं। नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन चैत्र २३ गते शनिवार हुँदैछ । उक्त निर्वाचनमा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान हुने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । मतदानका लागि रामशाहपथस्थित सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसर गरी दुई ठाउँमा ३६ मतदान केन्द्र तोकिएको निर्वाचन समितिले जानएको छ ।
मतदानमा सर्वोच्च, उच्च, विशेष र जिल्ला बार एसोसिएसन एवं कानुन व्यवसायीसहित ९ हजार ९९७ मतदाता सहभागी हुने जनाइएको छ । मतदाताहरुले अनिवार्य रूपमा कानुन व्यवसायी परिषद्बाट जारी गरिएको परिचयपत्र वा कानुन व्यवसायीको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्रमध्ये एक सक्कलै लिई उपस्थित हुन निर्वाचन समितिले अनुरोध गरेको छ।
यसपटकको निर्वाचनमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) र डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बिच गठबन्धन भएको छ । यसलाइ एनडिएलएले समर्थन गरेको छ।सो समूहबाट अध्ययको नेतृत्व डीएलएबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले गरेका छन् भने पीपीएलएका वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला महासचिवका उम्मेदवार छन् ।
यसैगरी गणतान्त्रिक कानुन व्यवसायी सङ्गठन (आरपीएलए), स्वतन्त्र कानून व्यवासायी संगठन र एसपीएलए मिलेर आरपीएलएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार छन् भने स्वतन्त्र कानून व्यवासायी संगठन बाट अधिवक्ता यज्ञमणि न्यौपाने महासचिवका उम्मेदवार छन् । काठमाण्डौं केन्द्रमा मात्रै ६१०२ जना मतदाता रहेका छन्।









