चैत्र २१, काठमाडौं। नेपाल बार एशोसियशनको २७ औं केन्द्रिय कार्यसमितिको निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन वरिष्ठ अधिवक्ता प्रा.डा विजय कुमार मिश्रको नेतृत्वको उम्मेदवार परिचयात्मक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। वृहत लोकतान्त्रिक, प्रगतिशिल, पेशागत, राष्ट्रवादी एवं समाबेशी कानूनव्यवसायी समुह अन्तर्गत कार्की व्याङ्केटमा उम्मेदवारको परिचय गराइएको छ।
कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वारका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, हरिहर दाहाल, विश्वकान्त मैनाली, प्रेम बहादुर खड्का, शेर बहादुर केसी समेतले धारणा राखेका थिए।
यसैगरी पिपिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता भोजराज आचार्य, डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सिताराम केसी, एनडिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता राजु बस्नेत समेत अतिथिको रुपमा सहभागी थिए।
यसैगरी वरिष्ठ अधिवक्ताहरु उपेन्द्र केशरी न्यौपाने, टिकाराम भट्टराइ, इश्वरी प्रसाद भट्टराइ, उषा मल्ल पाठक, खम्ब बहादुर खाती, रवि नारायण खनाल, लिलामणी पौडेल लगायत बारका पुर्व उपाध्यक्षहरु, महासचिवहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा. विजय प्रसाद मिश्रले राजनिती कुरा गर्न नजानेको, चर्को स्वरमा बोल्ने बानी नभएको, बारको विधाननै आफ्नो घोषणा पत्र भएको र बारका सम्मेलनबाट जारी घोषणापत्रहरु कार्यदिशा भएको बताए। विपक्षीले हामीलाइ राजनितिक दलले बनाएको आरोप लगाउनु हाँस्स्यपद भएको बताए।
कार्यक्रम निर्वाचन मुल परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता बसन्त राम भण्डारीको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमको संचालन वरिष्ठ अधिवक्ता डिल्लीराम मैनालीले गरेका थिए।
फोटोहरुः









