चैत्र २०, काठमाडौं। नेपाल बार एशोसियनको २७ औं कार्यसमितिको निर्वाचनको गर्मी काठमाडौंमा बढेको छ। यससंगै व्यावसायिक कानुन व्यवसायी समुहका उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठको नेतृत्वको समुहले यही चैत्र २३ गते हुने नेपाल बार एशोसिएशनको केन्द्रिय कार्यसमितिको निर्वाचनलाइ केन्द्रित गरी चुनावी सभा तथा उम्मेदवार परिचयात्मक कार्यक्रम गरिएको महासचिवका उम्मेदावर अधिवक्ता यज्ञमणी न्यौपानेले बताए।
यस समुहका तर्फबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले नेपाल बारमा राजनितिक हस्तक्षप हुन नहुने बताए। सत्ता गठबन्दनको दवावमा बनेको विपक्षी गठबन्दनले बारको आन्दोलनको भावना नसमेट्ने श्रेष्ठको आरोप छ। आफ्नो प्यानलले विजय हाँसील गरे न्यायलयको वेथिती अन्त्य गर्ने बताए।
यस समुहको कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा, पुर्व महान्याधिवक्ता वरिष्ठ अधिवक्ता दिनमणी पोख्रेल लगायतले सम्बोधन गरेका थिए।
फोटोः









