चैत्र २०, काठमाडौं। नेपाल बार एशोसियनको २७ औं कार्यसमितिको निर्वाचनका उम्मेदवार हरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
वरिष्ठ अधिवक्ता प्रा.डा विजय कुमार मिश्रको नेतृत्वको वृहत लोकतान्त्रिक, प्रगतिशिल, पेशागत, राष्ट्रवादी एवं समाबेशी कानूनव्यवसायी समुह तथा वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठको नेतृत्वको व्यावसायिक कानून व्यवसायी समुह लगायत स्वतन्त्र उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
वरिष्ठ अधिवक्ता मिश्र समुहको परिचयात्मक कार्यक्रम महासचिवका उम्मेदवार वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले गराएका थिए। यसैगरी श्रेष्ठ समुहको परिचय महासचिवका उम्मेदवार अधिवक्ता यज्ञमणी न्यौपानेले गराएका थिए। दुवै समुहमा २५/२५ जनाको प्यानल रहेको छ।
यसैगरी अध्यक्षका स्वतन्त्र उम्मेदवारहरु अधिवक्ता राजु कैती, अधिवक्ता उज्जव घिमिरे र अधिवक्ता आशिष पौडेलले समेत आफ्ना एजेण्डा राखेका थिए। निर्वाचन समितिले चैत्र २१ गते राती १२ बजेबाट निर्वाचन आचारसंहिता लागु हुने जनाएको छ।
फोटो









