२०८३ साउन १३ , बुधबार

पाकिस्तानका कानून व्यवसायी संग अनुभव आदान-प्रदान सम्पन्न



चैत्र ५, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनको आयोजनामा अनुभव आदानप्रदान सम्पन्न भएको छ। सर्वोच्च अदालत पाकिस्तानका अधिवक्ता राव्विया बाज्वा तथा बंगलादेशका अधिवक्ता तारिन जान्वा समेतको स्वागत तथा अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले कानून व्यवासायीहरु सोसियल इन्जिनियर रहेको र कानून तथा संविधानको जानकार राख्ने वर्ग भएको बताए।

कार्यक्रममा पुर्व न्यायाधिश डा. रवि शर्मा अर्यालले बार र बेन्च संगसंगै रहेको बताए। पुर्व न्यायाधिश अर्यालले कानून व्यवसायीको काम समाजको हितमा केन्दित हुने बताए।

सर्वोच्च अदालत पाकिस्काथानका अधिवक्ता राव्विया बाज्वाले पाकिस्तान कानूनी शासनमाअडिग रहेको साथै सार्वजनिक सरोकारका विषयमा समेत न्यायलयले प्राथमिकता दिने गरेको बताइन्।

कार्यक्रम सर्वोच्च अदालत बारका सह सचिव अधिवक्ता पुन्देवी महर्जनको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रम स र्वोच्च बारका सचिव रमण कुमार कर्णले संचालन गरेका थिए।

प्रकाशित मिति : २०८१ चैत ५ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्