२०८३ वैशाख २ , बुधबार

उपभोक्ता अदालतको उद्घाटन



चैत्र २, काठमाडौं। उपभोक्ता अदालतको एक समारोहका विच उद्घाटन गरिएको छ। शनिबार विश्व उपभोक्ता दिवसका अवसरमा त्रिपुरेश्वरस्थित उद्योग विभाग परिसरकोमा उपभोक्ता अदालतको स्थापना संगै उद्घाटन गरिएको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालतको एक समारोहका विच उद्घाटन गरेका छन् । उक्त अदालत चैत्र ३ गते देखि सञ्चालनमा आउनेछ ।

प्रधान न्यायाधीश राउतले वस्तु तथा सेवा गुणस्तरको मानकका लागि उपभोक्ता अदालत उपयुक्त भएको  बताए । राउतले उपभोक्ता अधिकार वस्तु तथा सेवाको गुणस्तरसँग सामीप्य राख्ने एउटा कानुनी औजार भएको तर यसलाई हेर्दै जाँदा यसको क्षेत्र नै नभएको र आम उपभोक्ताको सन्तुष्टिको कुरासम्म पुगेको उल्लेख गरे। उनले भने, ‘अर्कोतिर गुणस्तर हित वस्तु तथा बिक्री वितरण बढ्दो छ । जसका कारण थुप्रै उपभोक्ता पीडित हुन परेको छ ।’

गुणस्तरीय वस्तु तथा सेवामा पीडित उपभोक्ताको चाँडै न्यायिक निरूपण हुने दाबी गर्दै यस अदालतमा मेडिकल  नेग्लिजेन्सदेखि इन्जिनियरिङसम्मका मुद्दा यस अदालतका विषय रहने बताए ।

सरकारले संविधानको धारा ४४ को मौलिक हक कार्यान्वयन गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी गरेको थियो। उक्त ऐनमा उपभोक्ता अदालत गठन गर्ने व्यवस्था थियो । ऐन जारी भएको ६ वर्ष पछी अदालत स्थापना र उद्घाटन गरिएको हो ।

प्रकाशित मिति : २०८१ चैत २ गते शनिबार
प्रतिक्रिया दिनुहोस्