२०८३ वैशाख २ , बुधबार

प्रशासकीय अदालतको सूचना कार्यान्वयनमा ढिलासुस्ती, सेवाग्राही मर्कामा



२५, चैत्र। प्रशासकीय अदालतले कानून व्यवसायीलाइ नागरिक एप मार्फत गेटपास दिने भनेपनी यसको कार्यान्वयनमा ढिलासुस्ती र लापरवाही गरिएको गुनासो आएको छ।

अदालतमा जानको लागी धेरै कानून व्यवसायीले गेटपासको माग गरिएपनी समयमा सुइकृत नभएको गुनासो गरेका छन्।

अधिवक्ता संजिव घिमिरेले भने ‘अदालतको सूचना अनुसार नागरिक एपमा गेटपासको को अनुरोध गरेपनि दुइ घण्टासम्म सुइकृत नभएको गुनासो गरेका छन्’। यसरी समयमा गेटपास उपलब्ध नहुँदा मुद्दाको सुनुवाइमा असर पर्ने घिमिरेको भनाइ छ।

अदालतबाट जारी सूचनामा भनिएको छ ” (क) पदाधिकारी/कर्मचारी:- सम्बन्धित निकायको आधिकारिक परिचयपत्रका आधारमा, (ख) कानून व्यवसायी:- नागरिक एपको सिंहदरबार गेट पासका आधारमा, (ग) मुद्दाका पक्ष वा वारेस :- सम्बन्धित पक्ष/वारेसको तारिख पर्चाका आधारमा, (घ) आगन्तुक/सरोकारवाला / अन्य सबै :- प्रशासकीय अदालतको दैनिक इ-पासका आधारमा,” प्रवेशको व्यवस्थापन गरिएको हो।

अदालतले प्रशासकीय अदालत वाहेक अन्य निकाय तथा मन्त्रालयमा प्रवेशका लागि सम्बन्धित निकायसँगै समन्वय गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ चैत २५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्