२०८३ साउन १२ , मंगलबार

विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्य सिफारिस



१ साउन। न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्यलाई तोक्नका लागी नेपाल सरकारलाइ परामर्श दिने निर्णय गरेको छ। असार ३२ गते बसेको परिषद्को बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश आचार्यलाइ तोक्न परामर्श दिने निर्णय गरेको परिषदका सूचना अधिकारी कुवेर पाण्डेले जानकारी दिए।

आचार्य यसअघि रास्वपा सभापती रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा न्यायाधीश हुँदा लामिछानेले पेश गरेको दुई करोड ७४ लाख रुपैंया बैंक ग्यारेन्टी स्विकार गरेर उनलाई थुनामुक्त गरेको थिए।

उक्त आदेश न्यायाधीश आचार्य र तेजनारायण पौडेलको इजलासबाट भएको थियो।

परिषद्ले विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा गरेको हो। उनीलाइ गत भदौमा विशेषको अध्यक्षको जिम्मेवारी दिएको थियो। एक वर्ष नपुग्दै अध्यक्ष भट्टलाइ सरुवा गरिएको हो।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्