२०८३ साउन १३ , बुधबार

नेपाल बार एशोसिएशनको २७औं केन्दिय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक



फागन १२, काठमाडौं। कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यक्रम सार्वजनिक भएको छ। २०८१ चैत २३ गते, शनिबारका दिन सम्पन्न हुने नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम प्रकाशित गरिएको हो।

केन्द्रिय कार्यसमितिको २५ पदको लागी एशोसिएशनको ३६ स्थानमा मतदान स्थल तोकिएको छ। बारको अध्यक्ष पद एक, सात प्रदेशबाट एक-एक जना र महिला एक गरी आठ उपाध्यक्ष, महासचिव एक र कोषाध्यक्ष एक रहने छन्। यसैगरी चौध सदस्यहरुमा दलित १ (एक) मधेशी/ मुश्लीम – २ (दुई), आदिवासी/जनजाती – २ (दुई), महिला – २ (दुई) र खुला क्षेत्र ७ (सात) रहनेछन् ।

निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावली प्रकाशन फागुन १५ गते विहीबार, समय : ११:०० बजे र मतदाता नामावलीमा दाबी विरोध फागुन, १८ गते, आईतबार, समय : ११:०० देखि १४:०० बजेसम्म हुने प्रमुख निर्वाचन अधिकृत रामकृष्ण निरालाले जानकारी दिए।

निर्वाचन समितिले उम्मेदवारको शुल्क समेत तय गरेको छ, जसमा अध्यक्षको लागी रु ६०,०००। र अन्य पदाधिकारीहरुको लागी रु ४०,०००। तोकिएको छ। सदस्यहरुको रु ३०,०००। तोकिएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २०८१ फागुन १२ गते सोमबार
प्रतिक्रिया दिनुहोस्