२०८३ भदौ २८ , आइतबार

बार काउन्सीलको अन्तिम निर्वाचन परिणाम सार्वजनिक



माघ २६, काठमाडौं। नेपाल कानून व्यवसायी परिषद्को निर्वाचन २०८१ को सातवटा प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ। परिषद्को निर्वाचनमा कांग्रेस निकट डीएलए र नेकपा एस निकट एसपीएलएबीच चुनावी गठबन्धन हुँदा एमाले निकट पिपिएलए र माओवादी निकट आरपिएलएएन कानून व्यवसायीहरुले तालमेल गरेका हुन्।

पीपीएलए र आरपिएलएनबाट उम्मेदवार बनेका रविनारायण खनाल बाग्मती प्रदेशमा विजयी भएका छन् भने कर्णालीमा मातृका प्रसाद खनाल निर्वाचित भएका हुन्।

यसैगरी डीएलए र एसपीएलए निकट उम्मेदवारहरु अन्य पाँच प्रदेशमा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार कोशीमा राजु ढकाल, मधेशमा सञ्जीवकुमार मल्लिक, लुम्बिनीमा ईश्वरीप्रसाद ज्ञवाली र सुदूरपश्चिममा टेकबहादुर कठायत निर्वाचित भएको निर्वाचन समन्वय समितिका संयोजक वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिइन्।

सत्ता समिकरण अनुसार गठबन्धनको प्रयास भएपनि काँग्रेस निकट कानून व्यवसायीहरुको विवादका कारण पीपीएलए र आरपिएलए विच गठबन्धन भएको हो।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिबार
प्रतिक्रिया दिनुहोस्