
११ चैत्र। उच्च अदालत जनकपुरले सेवाग्राहीको सुविधालाइ ध्यानमा राखेर सेवा केन्द्रको शुरुवात गरेको छ।
अदालतले सेवाग्राही सेवकको व्यवस्थापन मार्फत नागरिक सेवा सहज रूपमा सञ्चालन गरेको कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुँवरले जानकारी दिए।
अदालतले संचालन गरेको सेवाग्राही सेवा केन्द्रले सेवाग्राहीलाई आवश्यक प्रक्रिया र कागजातबारे जानकारी दिने, निवेदन वा फाराम भर्ने बारे मार्गदर्शन गर्ने, अदालतको शाखा, कक्ष वा कर्मचारीसम्म सही ढंगले निर्देशन गरेको कामु न्यायाधीश कुँवरले सामाजिक संजाल मार्फत जानकारी दिएका छन्।
सेवाग्राही सेवा केन्द्र मार्फत मुद्दाको स्थिति, समय, मिति (पेसी) र कार्यसूचीबारे जानकारी दिने, सेवाग्राहीको गुनासो वा समस्या सुनी समाधानतर्फ सहजीकरण गर्ने गरेको न्यायाधीश कुँवरको भनाइ छ।
सेवा केन्द्रमा अदालतमा सेवा लिन आउने अशक्त, ज्येष्ठ नागरिक वा अशिक्षित व्यक्तिलाई विशेष सहयोग गर्ने, भीड व्यवस्थापन र लाइन प्रणाली मिलाउने र कानुनी प्रक्रियाबारे आधारभूत सचेतना दिने समेत गरेको उनको कँवरको भनाइ छ।
अदालतमा सेवाग्राही सेवक समेत तोकेर सेवा सुचारु गरिएको छ। यस अधी अदालतको बाहिरी वातावरणलाइ थप सजावट र व्यवस्थित समेत गरिएको छ।







