२०८२ माघ १७ , शनिबार

जनकपुरधाममा नेबाएको प्रभातफेरी 



२४ मंसिर। जनकपुरधाममा नेबाएले प्रभातफेरीको आयोजना गरेको छ।

नेपाल बार एशोसिएशनद्वारा अन्तराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को अवसरमा प्रत्येक वर्ष आयोजना हुने मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी र ५१ औं केन्द्रीय कार्यकारिणी परिषद्‌को बैठकको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रभातफेरी निकालिएको हो।

प्रभातफेरीमा देशभरका हजारौं कानुन व्यवसायीको उपस्थित रहेको थियो।राष्ट्रिय गोष्ठीमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आथित्यता रहने बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जानकारी दिए।

केन्द्रीय कार्यकारिणी परिषद्‌को बैठकमा वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु, नेपाल बार एशोसिएशनका पूर्व पदाधिकारीहरु तथा सदस्यहरु, बार एकाइका केन्द्रीय पार्षदहरु, मानव अधिकार तथा जन सरोकार समिति कानून व्यवसायीहरुको सहभागीता रहने महासचिव कोईरालाले जानकारी दिए।

प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार
प्रतिक्रिया दिनुहोस्