२०८३ भदौ १९ , शुक्रबार

नेपाल कानून व्यवसायी परिषद्को ३३औं स्थापना दिवस सुर्खेतमा सम्पन्न



३० साउन, सुर्खेत। नेपाल कानून व्यवसायी परिषद्को ३३औं स्थापना दिवस तथा आत्म मुल्यांकन कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ। नेपाल कानून व्यवसायी परिषद् कर्णाली प्रदेश सम्पर्क कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा उच्च अदालतका न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश, वरिष्ठ अधिवक्ता, बार प्रतिनिधीले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा वक्ताहरुले परिषद्को स्थापना दिवसका साथै आत्म मुल्यांकन कार्यक्रम भएकाले सम्पुर्ण कानुन व्यवसायीहरु आफुले गरेको गतिविधिका सम्बन्धमा जानकार रहेकाले एकपटक आफैले समिक्षा गर्नुपर्ने कुरामा जोड दिएका थिए। पार्षद मातृकाप्रसाद खनालले नेपाल कानुन व्यवसायी परिषदका गतिविधिहरुसहित कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए।

कार्यक्रम उच्च अदालतका न्यायाधीश हरिप्रसाद जोशीको प्रमुख आथित्यता र परिषद कर्णाली प्रदेशका पार्षद अधिवक्ता मातृकाप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार
प्रतिक्रिया दिनुहोस्