माघ २६, काठमाडौं। नेपाल कानून व्यवसायी परिषद् बाग्मती प्रदेशको पार्षद पदमा वरिष्ठ अधिवक्ता रवि नारायण खनाल निर्वाचित भएका छन्। खनालले दुइ हजार चार सय ४९ मत प्राप्त गरी निर्वाचित भएका हुन्। यसैगरी वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले एक हजार आठ सय ४२ मत प्राप्त गरेका छन्।
चार हजार दुइ सय ९१ सदर मत मध्ये वरिष्ठ अधिवक्ता खनालले प्रतिस्पर्धि कोइरालालाइ ६०७ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचनको क्रममा व्यक्त गरेका प्रतिवद्धताहरु पुरा गर्ने नवनिर्वाचित पार्षद् खनालले न्याय खबरलाइ बताए। उनले भने ‘नेपाल कानुन व्यवसायी परिषद (Nepal Bar council ) गठनको उदेश्य साकार बनाउन, कानुन व्यवसायीको हक,हित र अधिकारको संरक्षण, प्रवर्द्धन एवं सम्वर्धन गर्न र कानुन व्यवसायीको पेशागत आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न र गराउन’ म हरदम क्रियाशिल र प्रतिवद्ध छु।
यसैगरी कानून विश्वविद्यालयको स्थापना र कानून व्यवसायलाइ अन्तराष्ट्रिय स्तरको बनाउन पहल गर्ने खनालले बताए। बाग्मती प्रदेशको पार्षद निर्वाचनलाइ कानून व्यवसायीहरुले महत्वका साथ हेरेका थिए।








