माघ २६, सुर्खेत। नेपाल कानूूून व्यवसायी परिषदको कर्णाली प्रदेश पार्षदमा अधिवक्ता मातृका प्रसाद खनाल निवार्चित भएका छन् ।
लोकतान्त्रिक प्यानलका उम्मेदवार अधिवक्ता दमनराज बमलाई ३१ मतले पछि पार्दै खनाल निर्वाचित भएका हुन् ।
कुल एक सय १५ मत खसेकोमा खनालले ७३ मत तथा बमले ४२ नत प्राप्त गरेको निर्वाचन उप समिति संयोजक अधिवक्ता दुर्गा प्रसाद सापकोटाले जानकारी दिए।
निर्वाचनको क्रममा व्यक्त प्रतिवद्धता पुरा गर्ने नवनिर्वाचित पार्षद खनालले बताए।
प्रकाशित मिति : २०८१ माघ २६ गते शनिबार







