२०८३ जेठ २१ , बिहीबार

रास्वपा सभापति लामिछानेलाइ रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटी माग



फाइल फोटो

माघ १३, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी माग भएको छ।

जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलाशले  १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीका अनुसार लामिछानेले १ करोड रुपैयाँ बैंक धरौटी बुझाएका हुन् ।

बादी र प्रतिवादीको बहस पश्चात अदालतले आदेश दिएपछि तोकेको धरौट बुझाएपछि लामीछाने छुटेका हुन्। जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ मा रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा २०८१ कात्तिक २ मा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट पुस २५ गते ६५ लाख धरौटीमा छुटेका थिए । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले माघ २ गते ६० लाख धरौटी लिने आदेश गरेको थियो ।

 

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतबार
प्रतिक्रिया दिनुहोस्