माघ १२, चितवन। चितवन जिल्ला अदालत बार एशोसिएशनको आज सम्पन्न निर्वाचनबाट अधिवक्ता फुलमाया रानाभाट निर्वाचित भएकी छन्। रानाभाटले ८१ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । यसैगरी अध्यक्ष पदका उम्मेदवार अधिवक्ता नुनराज सिलवाले ७८ मत प्राप्त गरेका थिए। बारको उपाध्यक्षमा सिताराम अधिकारी निर्वाचित भएका छन्। यसैगरी सचिवमा कुलचन्द्र खनाल, सह सचिवमा पवित्रा सुवेदी र कोषाध्यक्षमा दिपकराज तिमिल्सिना निर्वाचित भएका हुन्।
सदस्यहरुमा प्रियङ्का थापा, शेखरनाथ पोखरेल, किरण गुरुङ, सुरेन्द्र राज सुवेदी, शम्भु बर्तौला, राजकुमार प्याकुरेल, अजय कुमार तामाङ र केदार राज पन्त निर्वाचित भएको निर्वाचन समिति संयोजक जगन्नाथ भण्डारीले जानकारी दिए।
यसैगरी पार्षद् पदमा राजेन्द्र सिलवाल, श्रीराम दवाडी, मुन्ना विक्रम खाती, पूर्णचन्द्र चापागाइ, दिवाकर अर्याल, गोमा न्यौपाने र रमेश काफ्ले निर्वाचित भएको संयोजक भण्डारी बताए।








