माघ ६, काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको हातमा कालोपट्टी बाँधेर कानून व्यवसायीहरुले विरोधमा प्रदर्शन गरेको छन् ।
सर्वोच्च अदालत बार द्वारा आयोजित विरोध कार्यक्रममा उपत्यका बारका अध्यक्षहरु, नेबाएका पूर्व पदाधिकारी, सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा बारका महासचिव अधिवक्ता अन्जिता खनाल र अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले विरोध गर्दै दोषी उपर कानूनी कारवाहीको माग गरेका छन्।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि थुनछेक आदेश हुने दिन (माघ २) काठमाडौं जिल्ला अदालतमा बहस गरेर बाहिरिने क्रममा त्रिपाठीमाथि आक्रमण गरिएको थियो ।
सो क्रममा कानून व्यवसायीको सुरक्षाको समेत माग गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतबार








