२०८३ जेठ २१ , बिहीबार

अदालतमा बहस गरकै कारण कानून व्यवसायी त्रिपाठीमाथी दुर्व्यवहार



माघ २, काठमाडौं। अदालतमा पक्षको तर्फबाट बहस गरेर निस्किएका कानून व्यवसायी माथि दुर्व्यहार भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी उपर रविका समर्थकहरुले लछारपछार गरेका हुन् ।

काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी पिडितको तर्फबाट अदालतमा बहस पैरवी गरेका कानून व्यवसायी माथी आक्रमण, लछारपछार भएको हो। प्रतिवादी रवि लामिछानेको विपक्षमा बहस गरेका त्रिपाठी माथी अदालत परिसरमै दुर्व्यवहार भएको बताएका छन् ।

इजलासमा वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रमाण नष्ट हुनसक्ने सम्भावना रहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । अदालत परिसरमा उपस्थित पत्रकारहरुको सवालको जवाफ दिने क्रममा उनीमाथी दुर्व्यवहार भएको त्रिपाठी भनाइ छ।

 

 

प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार
प्रतिक्रिया दिनुहोस्