२०८३ जेठ २१ , बिहीबार

रवि लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतको आदेश



फोटो साभारः सामाजिक संजालबाट

माघ २, काठमाडौं। काठमाडौं जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले यस्तो आदेश दिएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको मुद्दामा लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । आइतबार अदालतमा उपस्थित भएका लामिछानेको बयान र थुनछेक बहस सकिएसंगै अदालतले धरौटीमा छोड्ने आदेश गरेको हो ।

यसअघि कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

 

प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार
प्रतिक्रिया दिनुहोस्