२०८३ भदौ २८ , आइतबार

नेपाल कानून व्यवसायी परिषद्को पार्षद् पदमा चौंध जनाको उम्मेदवारी



माघ २, काठमाडौं। नेपाल कानून व्यवसायी परिषद् को पार्षद् पदको लागी चौंध जनाको उम्मेदवारी परेको छ। प्रत्येक प्रदेश बाट एक जना गरी सात जना पार्षदको लागी उम्मेदवारी परेको हो।

परिषद्को आगामी २०८१ माघ २६ गते शनिवार सम्पन्न हुने पार्षद् निर्वाचनको लागि पूर्व प्रकाशित निर्वाचन कार्यक्रम तालिका अनुसार आज विहान १०:०० बजे देखि दिउँसो ०२:०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन समन्वय समितिले जनाएको छ।

तोकिएको समयावधि भित्र दर्ता हुन आएका उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन गरिएको निर्वाचन समन्वय समिति संयोजक उषा मल्ल पाठकले जानकारी दिइन्।

पार्षद्को लागी कोषी प्रदेशबाट अधिवक्ता बालकृष्ण आचार्य र अधिवक्ता राजु ढकालको उम्मेदवारी परेको छ। मधेश प्रदेशबाट अधिवक्ता ओमप्रकाश केशरी र अधिवक्ता संजीव कुमार मल्लिकले उम्मेदवारी दिएका छन्। यसैगरी बाग्मती प्रदेश बाट वरिष्ठ अधिवक्ता रवि नारायण खनाल र वरिष्ठ अधिवक्ता पर्शुराम कोइराला, गण्डकी प्रदेशबाट अधिवक्ता नारायण प्रसाद शर्मा र अधिवक्ता दयाराम गौतमको उम्मेदवारी परेको छ।

लुम्विनी प्रदेशबाट अधिवक्ता मदन कुमार पुन र अधिवक्ता इश्वरी प्रसाद ज्ञावलीले उम्मेदवारी दिएका छन् । यस्तै कर्णाली प्रदेशबाट अधिवक्ता मातृका प्रसाद खनाल र अधिवक्ता दमनराज बम र सुदुरपश्चिम प्रदेशबाट अधिवक्ता निरन्जन विष्ट र अधिवक्ता टेक बहादर कठायतको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार
प्रतिक्रिया दिनुहोस्