२९ पुस, काठमाडौं। नेपाल कानून व्यवसायी परिषद् को पार्षद् पदको निर्वाचन प्रयोजनको लागी मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ। नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा ४ (१) (ङ) बमोजिम आगामी माघ २६ गते हुने पार्षद् पदको निर्वाचन प्रयोजनको लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन समन्वय समितिले जनाएको छ।
नेपाल कानून व्यवसायी परिषद्बाट प्राप्त भएको मतदाता नामावली पुस २१ मा प्रथम पटक निर्वाचन समन्वय समितिबाट प्रकाशित भएकोमा सो नामावली उपर पर्न आएको दावी बिरोध सम्बन्धी निवेदनहरुमा आवश्यक छानविन गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन समन्वय समितिका संयोजक उषा मल्ल पाठकले जानकारी दिइन् ।

प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार








