२०८३ जेठ २१ , बिहीबार

बयान सकिएपनि थुनछेक आदेश आउन ढिला भएपछि लामिछानेलाई हिरासत पठाइयो



फोटो साभारः सामाजिक संजालबाट

२८ पुस, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले २९ गते उपस्थिती गराउने गरी हिरासत पठाउने आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई थुनछेक आदेश गर्न समय नभएको कारण हिरासतमा पठाउने आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले थुनछेक बहस पछिको अन्तिम आदेश नआएसम्म न्यायिक हिरासतमा पठाइएको जानकारी दिए ।  बयान सम्पन्न भए पनि थुनछेक बहस भएर अन्तिम आदेश नआएकाले न्यायिक हिरासतमा पठाइएको शर्माले बताए।

लमिछानेका कानूनव्यवसायी समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेले करिब ४ बजे सम्म बयान भएकोले सरकारी पक्ष र प्रतिवादीका कानून व्यवसायीको बयान गर्ने समय अपुग भएका कारण लामिछानेलाइ थुनामा पठाउने आदेश भएको बताए। सोमबारदेखि थुनछेक बहस हुने न्यौपानेको भनाइ छ ।

लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । यसअघि कास्कीको सूर्यदर्शन सहकारी ठगीमा लामिछाने धरौटीमा रिहा भएका हुन् ।

 

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार
प्रतिक्रिया दिनुहोस्