२०८३ साउन १३ , बुधबार

बार अध्यक्ष घिमिरे विरुद्धको अवहेलना मुद्दाको श्रव्यदृश्य झिकाउने आदेश



२३ पुस, काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा विवादित भनिएको वक्तव्यको सर्वोच्च अदालतबाट श्रव्यदृश्य सामग्री झिकाउने आदेश भएको छ।

न्यायाधीशहरु नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले उक्त आदेश गरेको हो।

न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको विषयमा अध्यक्ष घिमिरेले सार्वजनिक कार्यक्रममा धारणा राखेका थिए ।

सर्वोच्च अदालतमा कार्यरत उपरजिस्ट्रार श्री गोविन्द्र प्रसाद घिमिरेको प्रतिवेदनले बार अध्यक्ष घिमिरे उपर अदालतको अवहेलना मुद्दा दर्ता गरिएको थियो।

प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्