२०८३ साउन १३ , बुधबार

बार अध्यक्ष घिमिरे विरुद्दको अवहेलना मुद्दा सुवेदी र अजीज मुसलमानको इजलासमा



२३ पुस, काठमाडौं। नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विरुद्दको अदालतको अवहेलना मुद्दा इजलास नम्वर ६ मा परेको छ।

सर्वोच्च अदालतमा कार्यरत उपरजिस्ट्रार श्री गोविन्द्र प्रसाद घिमिरेको प्रतिवेदनले बार अध्यक्ष घिमिरे उपर अदालतको अवहेलना मुद्दा दर्ता गरिएको विषयले बार र बेन्च बिचमा केहि समयदेखि विवाद उत्पन्न भएको छ

म‌ंगलबार सुनुवाइ हुने अदालतको अपहेलना मुद्दा सर्वोच्च अदालतका न्यायाधीशहरु नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासमा परेको हो।

सर्वोच्च अदालतमा कार्यरत उपरजिस्ट्रार श्री गोविन्द्र प्रसाद घिमिरेको प्रतिवेदनले बार अध्यक्ष घिमिरे उपर अदालतको अवहेलना मुद्दा दर्ता गरिएको थियो।

बार अध्यक्षको पक्षमा करिव दुइहजार कानून व्यवसायीहरुले वकालतनामा दर्ता गरेको वारका महासचिव अन्जिता खनालले जानकारी दिइन्। उक्त मुद्दालाइ अग्राधिकार दिइएको छ। सो मुद्दा दैनिक कजलिष्ठको एक नम्वर परेको छ।

प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्