
फोटो साभारः बार काउन्सिल
२१ पुस, काठमाडौं। नेपाल कानून व्यवसायी परिषद्को पार्षद् पदको निर्वाचनको लागी प्रथम मतादाता नामावली प्रकाशन गरिएको छ। सात वटा प्रदेशबाट सात जना पार्षद्को लागी नामावली प्रकाशन गरिएको निर्वाचन समन्वय समितिका संयोजक उषा मल्ल पाठकले जानकारी दिइन् ।
नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा ४ (१) (ङ) बमोजिम आगामी माघ २६ गते पार्षद् पदको निर्वाचन हुन गइरहेको संयोजक पाठकले बताइन् ।
मतदाता नामावलीमा कसैको चित्त नबुझेमा पुस २२ देखि पुस २५ गते सम्म दावी विरोध गर्न सकिने पार्षद निर्वाचन समन्वय समितिले जनाएको छ।

प्रकाशित मिति : २०८१ पुस २१ गते आइतबार








